अन्तरजातीय विवाह गर्दा गाउँ बाट बिस्थापित


काठमान्डू जेष्ठ ०२,

 नारीदर्पण डटकम : सरकारले अन्तरजातीय विहाबाहलाई प्रोत्साहन गर्ने निती लिए पनि तर यो व्यबहारमा भने देखिदैन । झापाका एक-जोडी दलित संग अन्तरजातीय विवाह गरेकै कारण गाउँ बाट बहिस्कृत भएका छन् । 

झापाको कुहार्बा एक घर भएका हुकुम नेपालीले सोहि गा.बि.स कि अनिशा अधिकारि संग गत महिना बैशाखमा प्रेम विवाह गरि भागेर काठमाण्डौ पुगेका थिए । 

अन्तरजातीय विवाह गरेकै कार केटि पक्षले बार-बार ज्यान मार्ने धम्कि दिदैं आएको हुकुम नेपालीले बताएका छन् । युवतीका आफन्तहरुले यी-दुइको बारे जानकारी दिनेलाई रु पचास हजार दिने घोषणा गर्दै गुण्डा परिचालन गरेपछि उनीहरु आफ्नो गाउँ फर्कन नसकेको गुनासो व्यक्त गरे हुकुम नेपालीले । 

विभिन्न नम्बर बाट फोन आउने र जहाँ भेटे त्यहीं हत्या तेरो हुने भन्ने खाल्का धम्कि आएपछि उनीहरुले इटहरीमा पत्रकार सम्मेलन गरि आफुलाई आफ्नै गाउँमा पुनर्स्थापन गराइदिन आग्रह गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com