पोखराबाट जोमसोम उडेको विमान दुर्घटना मानविय क्ष्यति भएन

  काठमान्डू जेठ २,

नेपाल एयरलाइन्सको एक विमान कालिगण्डकी नदीमा खसेको छ । पोखराबाट जोमसोमका लागी उडेको नेपाल एयरलाइन्सको नाइन एन एविओ ट्विनअटर विमान दुर्घटना हुँदा चालक दलसदस्यसहित ५ जना घाइते भएका छन् ।

उक्त विमानमा १८ जना रहेको बताइएको छ । जानकारी अनुसार उक्त दुर्घटना आज बिहान सवा ८ बजे भएको थियो । उक्त विमानमा ८ जना जापानी र १० जना नेपाली नागरिक रहेको बताइएको छ । विमानमा कुनै गडबडी नआएको र आगलागी नभएको बताइएको छ ।

गम्भीर घाइते भएका ५ जनालाई पोखराबाट गएको तारा एयरको जहाजबाट पोखरा लगिँदै छ । विमान दुर्घटना हुँदा पनि कसैको मृ्त्यु नहुनु निकै आश्चर्यका रूपमा हेरिएको छ । जोमसोमका लागि उडेका विमानमा रहेका यात्रुहरूलाई मुक्तिनाथले बचाएको समेत स्थानीयबासीको धारणा रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com