मुस्कुराउँदै जब तिमी उदाऊँछौ क्षितिजमा
प्रितको न्यानो किरण पर्छ मेरो आँचलमा
लुकी लुकी मेरा कोमल शरिरमा गर्दै स्पर्श
अनायसै ह्रदयका कुना कुनामा दिदै हर्ष
बहकिन्छौ जब तिमी मन्द मन्द पवनमा
प्रितको न्यानो सुबास छर्छौ मेरो यो मनमा
भनि सधैं माया बिना छैन केहि ठुलो अरु
देखाउँदै पिरतिका मीठा मीठा सपनाहरू
ढड्किन्छौ जब तिमी निर्दोश यी धड्कनमा
प्रितको न्यानो आभास हुन्छ मेरो जीवनमा
मुस्कुराउँदै जब तिमी उदाऊँछौ क्षितिजमा
प्रितको न्यानो किरण पर्छ मेरो आँचलमा
' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग