बुटवल बैशाख २०,
गत १४ गते राती बुटवलको पुरानो बसपार्कमा डोजर लगाएर घर भत्काएको घटनाका विरोधमा आज रुपन्देही बन्दको आह्वान गरिएको छ। पीडितहरुले प्रशाशनले बेवास्ता गरेको भन्दै बन्द आह्वान गरेका हुन ।
बन्दको प्रभाव रुपन्देहीमा बिहानै देखि परेको छ ।
बिहानै देखि बुटवल र भैरहवाबाट छुटने लामो तथा छोटो दुरीका सवारी साधान चल्न सकेका छैनन भने उद्योगधन्दा ,कलकारखाना ,शिक्षण संस्था ,व्यापार व्यवसाय पुर्ण रुपमा बन्द रहेका छन ।
बन्दका बेला प्रेस,एम्बुलेन्स,दुधको गाडीलाई चल्न दिने बन्दकर्ताले बताएका छन् । कक्षा १२ का परिक्षार्थीलाई भने छुट दिने बताइएको छ ।
स्थानीय पिडित सहित आन्दोलनलाई विभिन्न संगठनहरुले समर्थन गरेका छन् । नेपाल भूमिहिन सुकुम्बासी संगठन,नेपाल बसोबास बस्ती संरक्षण समाज,अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले आन्दोलनको नेतृ्त्व गरिरहेका छन् । बन्द साझ ५ बजे पछि खुल्ने बताइएको छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै