सपनिमा गजल फुर्दा निदरिमै जाग्दी रैछु
आँखा मिच्दै स्वामी सँग कलम कापी माग्दी रैछु
अन्धकारछ कोठा भरी जुन्ताराको उज्यालोमा
बिना मेसै रफिद लेख्दा काफिया पो राख्दी रैछु
लेख्दै मेट्तै रातै भरी मन भित्रका भावनाहरु
नसा झै साहित्य रस अमृत मानि चाख्दी रैछु
मध्य रातको चिसो हावा झ्याल भित्र छिरेपछी
उडाइ दिदा पेपर त्यो छोप्न पछी भाग्दी रैछु
बच्चा जस्तो स्वभावछ यस्तै हर्कत गर्दा खेरी
चुल्बुल्पन्मा प्रियलाई म साह्रै प्यारि लाग्दी रैछु
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल