उत्तर कोरियाले यसरि गरे चौंथो मिसाइल परिक्षण

 एजेन्सी जेठ ५,

उत्तर कोरियाले आइतबार एउटा छोटो दुरीको मिसाइल परिक्षण गरेको छ। बितेका चार दिनमा यो उत्तरको चौंथो मिसाइल परिक्षण हो । परिक्षणका क्रममा उत्तरले छोटो दुरीमा प्रहार गर्ने मिसाइलको इस्टकोस्ट(जापानी समुन्द्र) मा प्रहार गरेको थियो। दक्षिण कोरियाको रक्षा मन्त्रालयले यसको पुष्टी गरेको छ तर पुर्ण विवरण भने दिएको छैन्। 

शनिवार उत्तर कोरियाले एकै दिन तीनवटा छोटो दुरीका मिसाइल परिक्षण गरेको थियो। अमेरिका र दक्षिण कोरियासंग बढदो तनावका बिच उत्तर कोरियाले मिसाइल परिक्षणको सिलसिलानै शुरु गरेको हो । उत्तर कोरयाका गतिबिधिलाइ निकै नजिकबाट निहालिरहेका दक्षिण करिया र अमेरिका उत्तर कोरियाले मध्यम दुरीको मुसुदन मिसाइल परिक्षण गर्छकी भनेर बडो सतर्क छन् ।

दक्षिण कोरियाले शनिवारनै उत्तर कोरियाले परेको मिसाइल परिक्षणको विरोध गरेको छ। यसले सो क्षेत्रमा व्यापक तनाव बढाउने भन्दै अमेरिकाले पनि यसको आलोचना गरिसकेको छ। उत्तर कोरियाको पछिल्लो मिसाइल परिक्षणले दक्षिण कोरयामा भने सन्त्रास थपेको छ भने जापानलाई समेत अत्यन्त सतर्क अवस्थामा छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com