दुबई जेष्ठ ५ ,
दुबईको अल्कोज ईन्डस्टियल एरिया भित्र रहेको डलुस्को सप्लायर्स कम्पनीमा कार्यरत नेपाली साथीबीच सामान्य विवादका क्रममा मोरङ बेलबारीका एक युवाको छुरा प्रहर गरि हत्या भएको छ । मोरङ बेलबारी घर भएका २५ बर्षिय सुरज राईलाई पाल्पाका चुरा बहादुर मगरले छुरा प्रहार गरि हत्या हत्या गरेको त्यहि कम्पनीमा कार्यरत ओमनाथ प्याकुरेल,रतन सारुले जानकारी गराएका छन ।
प्याकुरेलले दिएको जानकारी अनुसार सुक्रबार छुट्टीको दिन दिउसो संगै तास खेलेका राइ र मगर साझ लेबर केम नजिकै रहेको चैरमा बसी मदिरा सेवन गरिरहेको अबस्थामा तासको लेनदेनको विषयमा विवाद हुनगई मगरले छुरा हानि हत्या गरेका हुन । घटना पछी मगरलाई कम्पनीले दुबाई पुलिसलाई बुझाको थाहा हुन् आएको छ । दुबईमा कार्यरत बिदेसी कामदारहरु अल्कोज,सोनापुर,जवलअली लगाएत लेबर क्यामहरु मा रहने गर्दछन र यस क्षेत्रमा ईलिगल रुपमा सस्तो कमसल मदिरा बिक्रि वितरण हुने गर्दछ।
युएईमा छुट्टीको दिन प्रतेक बिहिबार बेलुकी देखि सुक्रबार नेपालीहरुले अत्यधिक मात्रमा मदिरा पिईने गरेको पाईन्छ। बैदेशिक रोजगारीमा आउने कतिपय नेपालीहरु युएईको कानुन भन्दा बाहिर गएको देखिन्छ नेपालीहरु जमघट,भेला हुने पार्कहरुमा दिन दहाडै पेप्सी,र जुसका बोतलहरुमा रक्सी भेटिने गरेका छन भने लेबरकेमहरुमा एकबर्ष सम्म कमईगरेको रकम एकै दिन तासमा फाल्ने गरेकोले फेरि फेरि पनि यस्ता घटना दोहोरिन्न भन्न नसकिने अबस्था रहेको छ।