गजल : By, By, रोशन खड्का



मेरो घर शंड़ख बज्दा, तिमी हास्यौ खुशी नै छु।
सेतो बस्र ओढाउदा, तिमी नाच्यौ खुशी नै छु।

तिम्रो घर मुनी बाट, मेरो लास तेर्स्याउदा,
आगनीमा ऊफ्री-उफ्री, कम्मर् भाच्यौ खुशी नै छु।

तिमीलाई साथ दिन्छु, भन्ने वाचा कसम् तोडी,
आखिरीमा पराईको, माया साच्यौ खुशी नै छु।

मलामीले रूदै-रूदै, मेरो चिता पखालेसी,
निर्दयी त्यो! पराई सँग, नाता गास्यौ खुशीनै छु।

खडेरीको झार सम्झ्यौ तिम्ले मेरो जिन्दगानी,
कोपीलामै गुलाबको बोट मास्यौ खुसी नै छु।

रोशन खड्का 
सहरे दोलखा 
हाल मलेशिया 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com