मेरो घर शंड़ख बज्दा, तिमी हास्यौ खुशी नै छु।
सेतो बस्र ओढाउदा, तिमी नाच्यौ खुशी नै छु।
तिम्रो घर मुनी बाट, मेरो लास तेर्स्याउदा,
आगनीमा ऊफ्री-उफ्री, कम्मर् भाच्यौ खुशी नै छु।
तिमीलाई साथ दिन्छु, भन्ने वाचा कसम् तोडी,
आखिरीमा पराईको, माया साच्यौ खुशी नै छु।
मलामीले रूदै-रूदै, मेरो चिता पखालेसी,
निर्दयी त्यो! पराई सँग, नाता गास्यौ खुशीनै छु।
खडेरीको झार सम्झ्यौ तिम्ले मेरो जिन्दगानी,
कोपीलामै गुलाबको बोट मास्यौ खुसी नै छु।
रोशन खड्का
सहरे दोलखा
हाल मलेशिया