गजल : By, साबित्रा लुइँटेल घिमिरे



सम्झिएर रुन बाहेक, के नै जानेकी छु
साँच्चै भावुक हुन बाहेक के नै जानेकी छु |

छाती भरी आगो दंकाई बाँच्नु पर्दा खेरी
आँशुले मन धुन बाहेक के नै जानेकी छु |

मुटु चुडी मेरो मान्छे टाढा भयो आज
उस्को तस्विर छुन बाहेक के नै जानेकी छु |

अलपत्र पारि गयो बैगुनीले दोबाटोमा
बर्बर आँशु फुन बाहेक के नै जानेकी छु |

शुन्य लाग्छ ब्रमाण्ड यो उ बिनाको मलाइ
बर्षात जस्तै चु'न बाहेक के नै जानेकी छु |

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com