शिक्षक मुक्तिनाथ हत्यकाकाण्डलाइ बिषय बनाइ सिनेमा शो

काठमाडौ

लम्जुङका शिक्षक मुक्तिनाथ हत्यकाकाण्डलाई बिषयबस्तु बनाएर बनाइएको सिनेमा 'खग्रास'को आज राजधानीमा प्रिमियर शो गरिएको छ । राजधानीको कुमारी हलमा आयोजित प्रिमियर शोमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सहभागि थिए ।

सशस्त्र द्धन्दका क्रममा लम्जुङको दुराडाँडास्थित पाणिनी माविका प्रध्यानाध्यापक मुक्तिनाथ अधिकारीको माओवादी कार्यकर्ताले ज्यादतीपूर्ण ढंगले हत्या गरेका थिए । एकीकृत माओवादीले सशस्त्र द्धन्दका क्रममा भएका घटनामध्ये गम्भीर गल्तीको रूपमा मुक्तिनाथ हत्याकाण्ड रहेको स्वीकार गरिसकेको छ ।

सिनेमामा निर्दोश शिक्षकको हत्याकाण्ड कसरी रचियो भन्ने बिषय समेटिएको छ । शैलेस आचार्यको निर्देशन र भुवन आचार्यको निर्माण रहेको उक्त चलचित्रमा संयोग पोखरेल, सोनी केसी, दिनेश शर्मा, अनिल पोखरेल, माधव आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com