गजल: By,रोशन खड्का



मनको पीर सम्झन्छु रुन मन लाग्छ।
आफ्नै तक्दिर सम्झन्छु रुन मन लाग्छ।

तिमीले म बाट लगेको त्यही एउटा,
चिनो तस्वीर सम्झन्छु रुन मन लाग्छ।

मेरो समाजको सामुन्ने नाक काटिँदा,
झुकेको शीर सम्झन्छु रुन मन लाग्छ।

खास, राम्रो काम गर्न पाईला नचाल्ने,
जिन्दगी स्थिर सम्झन्छु रुन मन लाग्छ।

जताततै पहिरो जाने गर्छ बर्षामा,
गाउँको भिर सम्झन्छु रुन मन लाग्छ।

देशको लागी भन्दै क्रान्तीमा होमिएको
साथी *समीर* सम्झन्छु रुन मन लाग्छ।,

रोशन खड्का
 दोलखा
हाल मलेशिया।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com