ट्याक्सीमै यस्तो गरेपछि दुइ महिना जेल

बैशाख ३१,

केही समयअघि ट्याक्सीमा नै सेक्स गर्दै समातिएका एक जोडीलाई अदालतले २ महिनाको जेल सजाय सुनाएको छ । रक्सी पिएर सार्वजनिक स्थलमा ट्याक्सीको पछाडिको सिटमा रहेर सेक्स गरिरहेका ती जोडिलाई अदालतले २ महिनाको जेल तथा २ हजार दिराम रकम तिर्नुपर्ने सजाय सुनाएको छ ।

दुवईको ए‍क अदालतले उनीहरुलाई सेक्स गरिरहेकोमा घटनामा दोषी देखाउँदै सजाय सुनाएको थियो । ती जोडिले अदालतको उक्त आदेशविरूद्ध उच्च अदालतमा निवेदन दिएपनि उच्च अदालतले उनीहरूलाई दोषी ठहर गर्दै २ महिनाको जेल सजाय र २ हजार दिराम जरिवाना गर्ने भएको छ ।

तर, उच्च अदालतले उनीहरुको सजाय भने एक महिना घटाएको छ । यसअघि उनीहरूलाई अदालतले तीन महिनाको जेल सजाय सुनाएको थियो । यसरी सजाय पाउने जोडी दुबईका २९ वर्षीय ब्रिटन उनकी प्रेमीका २८ वर्षीय इरिस्मान रहेका छन् ।एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com