तुलसी बाट यति धेरै लाभ

काठमाण्डौ  बैशाख ३१,

तुलसीलाई हिन्दुहरुले देवताको रुपमा पुज्दछन् । तुलसी एउटा यस्तो वनस्पती हो जसलाई हिन्दु समयदायले देवताको रुपमा पुज्ने मात्र होइन यसमा निकै धेरैऔषधीय गुण समेत हुन्छ । तुलसीलाई आयर्ुर्वेदमा निकै महत्वपर्ण औषधीको रुपमा लिइन्छ । 

तुलसीलाई रुघाखोकी देखि लिएर निमोनिया तथा कब्जियत लगायतको औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । तुलसीका १०।१२ वटा पात तातो पानीमा भिजाएर दिनहुँ बिहान खाने गर्दा कलेजो स्वस्थ हुन्छ । पेट दुखेको छ भने तुलसीको पातको एक चम्चा रसमा केही पानी मिसाएर खाँदा लाभ हुन्छ । पेटमा ग्यास भरिने, डकार आउने, अपच हुने, कब्जियत हुने जस्ता समस्या समाधानका लागि एक गिलास पानीमा १०।

१२ वटा तुलसीका पात हालेर उमाल्नुहोस् अनि पानी चिसो बनाएपछि त्यसमा एक चिम्टी सिधे नुन मिसाउनुहोस् र नियमित खाने गर्नुहोस् । त्यसले पाचन सम्बन्धि त्यस्ता समस्या दूर गरिदिन्छ । खोकी लागेको छ भने तुलसीका पात र अदुवा सँगै चपाउनुहोस् त्यसले खोकी कम गर्नेछ । चिसो र रुघा लागेको छ भने तुलसीका पात दूधमा मिलाएर उमालेर खानुहोस् । यसले सरीरलाई गरम बनाउनुका साथै चिसोबाट समेत बचाउँछ । ब्रोंकाइटिस, दम, खकार सहितको खोकी जस्ता स्वास सम्बन्धि समस्याको समाधानका लागि मह, अदुवा र तुलसीको पातको रस मिलाएर खाँदा फाइदा हुन्छ । 

नुनु, ल्वांग र तुलसीको पात सँगै मिलाएर पिँधेर खाँदा रुघाखोकी निको हुन्छ । मृगौलाको पत्थरी भएकाहरुले महमा तुलसीको पातको रस मिलाएर दिनहुँ सेवन गर्दा लाभ मिल्छ । तुलसीको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ । यसबाट मुटुरोगको खतरा कम हुन्छ र मुटुरोगीका लागि समेत फाइदा पुग्छ । तुलसीका पातमा तनावरोधी गुण पनि हुन्छ । तुलसीको पात नियमित खानाले तनाब कम हुने विज्ञहरु बताउँछन् । 

मुखको संक्रमण तथा मुख गन्हाउने समस्याको समाधानका लागि दिनहुँ तुलसीका पात चपाउनु लाभदायक हुन्छ । दाद तथा छालाका अन्य विभिन्न संक्रमणाट मुक्ति पाउनका लागि तुलसीको पातको रस छालामा लगाउनर्ुपर्छ । र् गर्भवतीहरुले तुलसीको रस नियमित सेवन गर्नाले रिंगटा लाग्ने समस्या कम हुन्छ । दिसामा रगत देखिने समस्या छ भने तुलसीको गेडाको धूलो दहीमा मिसाएर खानुहोस् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com