गज़ल : By, कृष्ण अबिरल



झुपडिमा चुलो म ,बाल्ने सोचिराछु।
सारा दुख पिर ,पखाल्ने सोचिराछु॥

केहि बर्ष बिदेश जान देउ मेरि आमा।
फाटेको तिम्रो चोलि ,टाल्ने सोचिराछु॥

सोच यस्तो लिएर अगि बढनेछु अब।
अन्तिरक्षमा बस्ति ,बसाल्ने सोचिराछु॥

नितान्त एक्लो यो जिन्दगीमा बहार छर्न।
तिमी आउँछौ कसरी सम्हाल्ने सोची राछु॥

गजल लेखेर दुई छाक टार्न नसकुला।
हेर्दै गर यो सरकार ,ढाल्ने सोचिराछु॥

 कृष्ण अबिरल
गितानगर-४,देबनग र
चितवन...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com