भर्जिनिया मेरिका बैशाख २१,
विजय थापा : अमेरिका ,बोस्टन ,मे १ तारिख हार्वर्ड बिश्व बिद्यालयमा नेपालका बिभिन्न दलहरुका नेता तथा पूर्व मन्त्रीहरुसंग एन आर एन अमेरिकाको पहल तथा जी एन बि सी (बोस्टनको स्थानीय संस्था ) र बोस्टन छलफल नामक संस्थाको सयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो ।
बिभिन्न दलसंग सम्बन्धित तथा अमेरिकामा अधययन गरि स्वदेश फर्की राजनीतिमा लामो समय देखि होमिएका नेतृत्व वर्गहरुसंग समसामयिक नेपालको राजनीति अवस्था बारेमा छलफल गरेको थियो । यसै बिषयमा उपस्थित समुदायले नेतृत्व वर्गको मन्तब्य श्रवण गर्दै र केहि जिज्ञाशा राखेका थिए भने उक्त अन्तरक्रिया कार्यक्रममा सबै जसो नेताले बिदेशमा बस्नु हुने सबैलाई नेपालको विकासमा सहयोग गर्न आग्रह गरेका थिए lमुलुकमा शान्ति पूर्ण होला अनि लगानी र मुलुक फर्कन पर्ला भन्ने नसोची नेपाल आमालाई सक्दो सहयोग गर्नु पर्ने मन्तब्य राखेका थिए ।
बिगतमा भएका कमजोरीलाई कोट्याउने भन्दा अब निर्वाचनको घोषणा भै सकेको हुनाले ,प्रजातान्त्रिक मुल्य र मान्यता प्रति सबैले विश्वास गर्नु पर्ने भन्दै अब गम्भीर भएर मुलुकलाई अगाडी बढाउनु पर्ने मन्तब्य राखेका थिए । प्रवासीका मूल,समस्या नै दोहोरो नागरिकता रहेको र यसमा सबै दल गम्भीर रहेको र व्यापक छलफल भै रहेको र यसलाई तार्किक बिन्दुमा पुर्याउन बाकी रहेको मन्तब्य सबै जसो नेताले राख्दै अब निर्वाचनमा केन्द्रित हुनु पर्ने मन्तब्य व्यक्त गरेका थिए ।
बुद्धिजीवी वर्गहरु धेरै बाहिर रहेका र युवा पिढी पनि विदेश उन्मुख हुने चाहना राखेकाले देशमा शान्ति र अमन चयन राख्नु पर्ने र सबै दल संबिधान निर्माण प्रति एक ढिक्का हुनु पर्ने मन्तब्य व्यक्त गरेका थिए । ेपालबाट अमेरिका भ्रमणमा रहनु भएका नेताहरुमा डा प्रकाश चन्द्र लोहनी , सह-अधक्ष्य ,रास्ट्रिय प्रजातन्त्र पार्टी , डा प्रकाश शरण महत ,नेपाली कांग्रेसक नेता तथा पूर्व उर्जा मन्त्रि ,भिम रावल ,पूर्व गृह तथा पर्यटक मन्त्रि , माओवादी नेताका नेता खिमलाल देवकोटा हुनु हुन्थ्यो ।
उक्त कार्यक्रममा गैर आवाशीय संघ ,अमेरिकका अधक्ष्य प्रल्हाद केसीले मन्तब्य राख्दै प्रवाशीहरुका नेपालमा भित्रिएका लगानीको सुरक्षा र दोहोरो नागरिकता सम्बन्धमा सुझाब दिदै मन्तब्य राखेका थिए ल र सबै नेतृत्व वर्गले सकारात्मक लिएका लिदै छलफल गरिने आश्वसन दिएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा एन आर एन ईटालीका अधक्ष्य डा अनिल भट्टराई तथा जी एन बि सि का अधक्ष्य तथा संचारकर्मी मिलन गुरुङ लगायत अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।