चितवन बैशाख बैशाख २१,
राधेश्याम खतिवडा : चितवन राष्ट्रिय निकुञ्जभित्रै पर्ने विघौं जग्गा विभिन्न स्थानमा अतिक्रमण गरिएको
छ । अतिक्रमणमा परेको कैयौं जग्गामा मानिसको बसोबास छ । वस्तिनै वनाइएको क्षे
त्र हटाउन निकुञ्जले पटक पटक प्रयास गरेपनि सफल हुन सकेको छैन ।
निकुञ्जको क्षेत्र पर्ने तीन जिल्ला मकवानपुर,चितवन, र नवलपारासीमा भुमी अतिक्रमण
गरी वस्ति वसालिएको छ । मकवानपुरको सुनाचुरी,चितवनको माडी बादरझुला र नवलपर
ासीको त्रिवेणी क्षेत्रमा निकुञ्जको कयौ विघाह जमिन अतिक्रमण भएको छ ।
चितवन राष्टिय निकुञ्जको सवै भन्दा वढि भुभाग नवलपरासीको त्रिवेणी गाविसमा पर्ने
गजेन्द्र वेक्षधाममा १५ विघा जग्गा अतिक्रमणमा परेको चितवन निकुञ्जले जनाएको
छ । संस्कृत विद्या लिने तथा धार्मिक पर्यटनको गन्तव्यका रुपमा परिचित यो धाम १५
वर्षअघि नै अतिक्रमण गरिएको थियो ।
अतिक्रमण गरि अहिले ठूल–ठूला भौतिक
निर्माण गरिएका छन् ।
त्रिवेणी धाममा १५ करोड लागतको सुविधासम्पन्न २ वटा मन्दिर बनेका छन् भने १
हजार जना अट्ने ठूलो सभा हल बनाइएको छ । मुक्तिनाथ ट्रष्टमार्फत उनीहरु
ले अझै त्यसलाई विस्तार गर्दैछन् । निकुञ्जमा जानकारीनै नदिई त्यति ठुलो
संरचना वनाइएको निकुञ्जका अधिकारीहरुले बताएकाछन् । निकुञ्जका सहायक संरक्षण
अधिकृत टिकाराम पौडेलले संरचना तयार भए पछि धार्मीक प्रयोजनका लागि भन्दै
प्रस्ताव आएकोमा निकुञ्जले स्विकृत नदिएको बताए ।
निकुञ्जको जग्गामा कसैले पनि नियमविपरित भौतिक निर्माण गर्ने वा अरु गतिविधि
गर्ने अधिकार नभएको बताउदै पौडेलले निकुञ्ज अति संवेदनशील क्षेत्र भए पनि
अतिक्रमण वढ्दै गएको स्विकार गर्छन ।
पूर्वी सेक्टरअन्तर्गत मकवानपुरको सुनाचुरी र माडीको अयोध्यापुरी, बाँदर
झुलामा झनै ठूलो परिमाणमा अतिक्रमण गरिएको पौडेलले जानकारी दिए ।
निकुञ्जको तथ्याक अनुसार सुनाचुरीमा १ सय ५४ हेक्टर तथा बाँदरझुलामा ४ सय ५०
हेक्टर भूभाग अतिक्रमणमा परेको छ ।
माडीको बाँदरझुलामा ५ सय घरधुरी सुकुम्बासी छन् । निकुञ्जले २०५८ सालमा
बांदरझुलाका वस्ती खाली गरेको थियो ।
सकटकाल भएको अवस्थामा वस्ति हटाइए पनि
पुन वस्ति वसेको र त्यस पछि निकुञ्जले सो क्षेत्र खाली गर्न नसकेको पौडेलले बताए ।
मकवानपुरको मनहरी गाविसमा पर्ने सुनाचुरीमा पनि २०५९ सालमा निकुञ्जले वस्ति
हटाएको थियो । द्धन्द्धको समय भएकोले सो क्षेत्रमा पनि तत्काली वस्ति वसेको उनले
बताए । त्रिवेणीमा अतिक्रमण हटाउनमा पटक पटक प्रयास गरिए पनि सफल हुन नसके
को निकुञ्जले जानकारी दिएको छ । देशका चर्चित नेताहरु नै धाममा वस्दै आएका यो
गीसंग भेटघाटमा जाने गरेका कारण पनि सो क्षेत्रमा अतिक्रमण हटाउन नसकेको संर
क्षणकर्मीहरु बताउछन् ।
केही समय अघि मात्र नेपाली काग्रेसले महासमिति वैठक समे
त सोही क्षेत्रमा गरेको थियो ।
सरकारले अतिक्रमण नियन्त्रण रणनिती २०६८ जारी गरे पछि चितवन निकुञ्जले सरो
कारवाला संग छलफल समेत गरेको जानकारी दिदै पौडलले राजनैतिक तहवाट निर्णय
नभए सम्म निकुञ्ज अतिक्रमण हटाउन नसकिने बताए । यता सुनाचुरी र वादरझुलाका
वासिन्दाले भने आफुहरु भुमिहिन भएकोले राज्यले ध्यानदिनु पर्ने वताएकाछन् ।
राज्यले व्यवस्थागरे आफुहरु छोड्न तयार रहेको उनिहरुले बताएकाछन ।
फोटो : निकुञ्जको जगा अतिक्रमण गरी वादरझुलामा वनाइएको विद्यालय ....