गजल : By, नवराज भट्ट



ढाटी छली दुई चार पैसा कमाएत के भो
ऐस आरम मोज मस्ती मा रमाएत के भो

सबै आफ्नो नाममा राखौ अक्तियारको डर
आधा जति परिवार मा थम्याएत के  भो

स्वदेश मै बसौ भने सबै आँखा तर्छन्
बिदेश तिरैअब घर बार जमाएत के भो

पैसा भए कानुन पनि किन मिल्ने यहाँ
बेलैमा वकिल न्यायधिस समाएत के भो

नवराज भट्ट
 धादिङ ,मैदी २ अमराइ
 हाल :अबुधाबी , यू.ए.इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com