रत्ननगर नवौं बर्षिक साधारण सभा तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

बैशाख २७ ,

शिशिर सिंखडा : रत्ननगर कला मन्दिरको नवौं बर्षिक साधारण सभा तथा विविध साँस्कृतिक कार्यक्रम आज रत्ननगरमा सम्पन्न भएको छ। 

चलचित्रकर्मी ऋषि न्यौपाने प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा महासचिव मिलन लामाले आयव्याय तथा भावि कार्ययो जना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्र ेसका नगर अध्यक्ष रुपनराज घिमिरे,नेकपा एमाले नगर अध्यक्ष पे्रमनाथ दुवाडी,नेकपा–माओवादीका राममणि थपलिया,टो ल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष वावुराम गौतम,रे ष्टुरेण्ट एण्ट वार एसोसिएसन चितवनमा अध्यक्ष सिताराम कुमाल, कानुनी सल्लाहाकार दिवाकर अर्याल,इन्द्रकमल बुढाथोकी लगायतले वोल्नुृ भएको थियो ।

कला मन्दिरका अध्यक्ष राम रिमालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कला मन्दिरका उपाध्यक्ष दिपक सिंह परियारले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले गीत संगित तथा सांस्कृतिक कार्यक्रम प्रस्तुतु गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com