द्रौपदीको झैं आज मेरो , चिर हरण गर्यो
नचाहेर पनि त्यो , विदेशी कोठीमा पर्यो
सर्वस्व लुटियो आज , आफ्नै दाजु – भाइले
सगरमाथा जस्तो शिर , आज तल – तल झर्यो
आफ्नो आमा – बाबु सम्झें , सुन्दर गाउँ सम्झें
छाती पिटी – पिटी रुँदा , आँखामा आँशु भर्यो
दयाको भिख मागें , कति रोएँ – कराएँ आफू
चालिस हजारमा बेचेछुँ , नगर्नु – गर्नुगर्यो
गनेर साध्य हुँदैन , कमिलाका ताँतीहरू
प्रत्येक दिन टोक्दा , यो जिन्दगी नर्कमा मर्यो ।
मानन्धर अभागी