Poem, भाग्य रेखा कोरेथें: By, गोपाल प्रधान



हे प्रिये,कुन परिधीभित्र घुमें म,
पुर्वमा घाम त्यो झुल्केंको पनि देखिएन!
व्यवहारमा फसेर निस्कन खोज्दा,
साँझले औंल्याउँदा दिन ढलेको मानिन!

हत्केलासंग भाग्य रेखा सोंध्दा म,
जिन्दगी कतातिर भाग्दैंछ मलाई भनेन!
मनको गाँठो समस्याले फुकाउँदा,
चोट् यो काँडाले उनेको निको नैं भएन!

पीरहरू बोकी आँशुमा म निदाउँदा,
कल्पेर यादमा तिम्रो प्रेमरूप मैंले देखेथे!
थाहा नपाई त्यो रातमा म डुब्दा,
वेहोशीमा पलभर तिम्रो साथ मैंले पाएथें!

जीवनलाई जितेर बाटोमा उभिन्दा,
प्रतिमा जस्तो एक्लैं म चुपचाप भएथें!
आलिङ्गन मेरो प्रीतको छेउ आँउदा,
खुशीको आँशुले वेदना मैंले सबैं धोएथे!

 गोपाल प्रधान 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com