र्इजरायलमा ऊँ श्रीमद् भगवत गीता प्रबचन कार्यक्रम हुदै I

तेलअभवि ईजरायल जेठ १४ :

हिन्दु र्धम संरक्षण समुह ईजरायलले श्रीमद् भगवत गीता तारतम एवँ बिभिन्न शास्त्रका ज्ञाता नेपालका ख्याती प्राप्त गुरु परमहँश पीठाधिश्वर आचार्य श्री १०८ टहल किशोर जी महाराजको मुखारबृन्दबाट ऊँ श्रीमद् भगवत गीता प्रबचन कार्यक्रमको आयोजना गरेको छ । 

ईजरायलको तेलअभिव स्थित लेवन्दा ३२, दोश्रो तल्लामा हुने उक्त कार्यक्रम ईजरायलमा रहेका बिभिन्न संघ सस्था तथा र्इजरायलमा बिभिन्न पेशामा कार्यरत नेपाली लगाएत हिन्दु धर्म प्रति आस्था राख्ने सम्पुर्ण भक्तजनहरुमा उपस्थित भई आध्यात्मिक लाभ उठाउन अनुरोध गरेको छ । 

प्रबेश निशुल्क रहेको सो र्कायक्रम जुन २१ शुक्रबार साझ ७ बजे बाट शुरुहुने हिन्दु धर्म संरक्षण समुह ईजरायलका उपाध्यक्ष सुर्य सिम्खडाले जानकारी दिनु भएको छ । थप जानकारीका लागी ०५४९०७४००४ मा सम्र्पक गर्न समेत अनुरोध गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com