गज़ल : By, माटो मुटु र मन



आफ्नो देश आफ्नो माटो नहेरी नै आफ्नो लाग्छ
गाउँ पाखा पखेरो र सल्लेरी नै आफ्नो लाग्छ !
.
चरी जस्तै पंख फिंजाई जति टाडा पुगेपनि
पैतालाको छाप छोड्या मझेरी नै आफ्नो लाग्छ !
.
सुखैसुख भोगेर त जिन्दगानी भोगिदैन
त्यसैले त बर्खा बादल खडेरी नै आफ्नो लाग्छ !

यो रातको सन्नाटामा मुटु गाँस्छु माटो सँग
मलाई आज भोली यहाँ अँधेरी नै आफ्नो लाग्छ !
....
माटो मुटु र मन
मीरा मन थापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com