एन आर एन का पुर्व अधक्ष्य देव मान हिराचनलाई अमेरिकामा भब्य स्वागत

लस एन्जेलस ,

विजय थापा : अमेरिका लस एन्जेलस ,अमेरिका ,मे २४ तारिख गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको आयोजना मा यहि मे २५ -२६ तारिख लस एन्जेलस अमेरिका मा हुन् गइ रहेको बार्षिक अधिवेसनमा सहभागी हुन् एन आर एन का पुर्व अधक्ष्य तथा प्रमुख संरक्षक देव मान हिराचनलाई लस एन्जेलस विमानस्थलमा भब्य स्वागत गरिएको छ  

पुर्व अधक्ष्य देव मान हिराचन जापानबाट यहि अधिवेसनमा सहभागी हुन् अमेरिका पुग्नु भएको छ  वहाले अधिवेसनमा सम्बोधन गर्ने र केहि सारगर्भित मन्तब्य राख्नु हुने अनुमान गरिएको छ  वहालाइ विमानस्थलमा स्वागत गर्न एन आर एन अमेरिकाका अधक्ष्य प्रल्हाद केसी तथा आयोजक समितिका पदाधिकारीहरु पुग्नु भएको थियो भने हिराचनले एन आर एन को कार्यक्रम सहभागी हुन् पाएकोमा हर्ष व्यक्त गर्नु भएको थियो 

बिभिन्न ठाउ बाट आउने अतिथिहरुलाई स्वागार्थ आयोजक समितिले राम्रो व्यवस्थापन गरेका थिए भने नेपालबाट केहि बिसिस्ट व्यक्तित्वहरु आई पुगेको जानकारी अधक्ष्य प्रल्हाद केसीले दिदै अमेरिकाका लागि नेपाली महमहिम राजदूत शंकर प्रसाद शर्मा पनि आई पुग्नु भएको पनि जानकारी गराउनु भयो 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com