दइ लाख ७० हजार बटुवाको मृत्यु

 जेनेभा वैशाख १९,

हरेक वर्षविश्वका सडकमा दइ लाख ७० हजार बटुवाको मृत्यु हुने गरेको जानकारी विश्व स्वास्थ्य सङ्गठनले बिहीबार दिएको छ भने यस संस्थाले यातायातका साधनका पक्षमा रही दशकौँसम्म बटुवाको सुरक्षामा ध्यान दिन नसकेको भनी आलोचना गरेको छ । 

विश्वमा हरेक वर्ष१२ लाख ४० हजार व्यक्तिको सडक दर्घटनामा मृत्यु हुने गरेको र त्यसमा २२ प्रतिशत बटुवा हुने गरेको संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यसम्बन्धी यस संस्थाले उल्लेख गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका घाउचोट निवारण विभागका प्रमुख एटिन क्रगले विश्वका सडकहरूमा प्रत्येक साता पाँच हजार बटुवाको मृत्यु हुनेगरेको र दशकौँसम्म गाडीहरूको पक्षमा बटुवाको आवश्यकतालाई ध्यान नदिइएकाले यस्तो भएको बताए । 

उनले बटुवाको सुरक्षित यात्रा तथा जीवनको सुरक्षालाई ध्यान दिइ यातायात प्रणाली तयार गर्ने विषयमा सोच्नुपर्ने बताए । सडक प्रयोगकर्तामा बटुवा सबैभन्दा जोखिममा परेको समूह रहेको यस संस्थाले उल्लेख गरेको छ । यससम्बन्धी एक प्रतिवेदनमा यसरी मर्ने बटुवामा पुरुषको सङ्ख्या उच्च रहेको देखिएको छ । 

विकसित मुलुकमा पाका उमेरका व्यक्तिले यस्तो जोखिम बोकेका र मध्यम आय भएका मुलुकमा बालबालिका तथा युवा सडक दुर्घटनामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सडक दुर्घटनामा बटुवा मर्ने दर अफ्रिकामा ३८ प्रतिशत रहेको छ भने दक्षिणपूर्वी एसियामा १२ प्रतिशत देखिएको छ । रासस/एएफपी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com