चिल्लीमा गयो ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

चिल्ली जेठ ६,

चिल्लीमा ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । आज बिहान स्थानीय समयानुसार ५ बजेर ४९ मिनेट जाँदा उक्त शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पबाट केकति क्षति भयो भन्ने कुने जानकारी भने प्राप्त भएको छैन् ।

अमेरिकी भूगर्विय सर्भेले दिएको जानकारी अनुसार उक्त भूकम्पको गहिराई १० किलोमिटर भएको बताइएको छ । भूकम्पका कारण त्यसक्षेत्रमा सुनामी आउन सक्ने आशंका गरिएको छ र त्यहाँका जनतालाई सचेत रहन समेत आग्रह गरिएको छ । चिलीलाई विश्वको सबैभन्दा ठूलो भूकम्प पिडित देशका रूपमा समेत लिइन्छ ।

चिलीमा यसअघि सन् २०१० मा गएको ८.८ रेक्टर स्केलको भूकम्पबाट कम्तिमा ५ सय ५१ जनाको ज्यान गएको थीयो भने कम्तिमा २ लाख २० हजार घरपारिवार विस्थापित भएको थियो । यस्तै, सन् १९६० मा ९.५ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ५ हजार मानिसले ज्यान गुमाएका थिए ।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com