झरीले चुर्लुम्म राजधानी

काठमाण्डौ जेठ ६,

आज बिहान परेको पानीले राजधानीका विभिन्न भाग जलमग्न भएका छन् । उचित ढल निकास नहुँदा राजधानीमा प्राय सडकहरू जलमग्न हुने गर्छ । सामान्य पानी पर्दा पनि जलमग्न हुने राजधानीका सडक आज बिहान परेको पानीका कारण पनि जलमग्न भएको थियो । 

जमल, मैतिदेवी, टेकु जस्ता व्यस्त रहने सडकहरू जलमग्न हुँदा आवातजावत गर्न समेत गाह्रो भएको थियो । जलमग्न भएको मैतिदेवीमा ट्याक्सी समेत डुब्ने गरी पानी जमेको छ । पानी जमेका कारण बाटो समेत नदेखीएपछी खाल्डाखुल्डी बाटोमा ट्याक्सी फसेको थियो भने अन्य ट्याक्सीका समेत पाङ्ग्रा डुबेका थिए । बल्ल बल्ल बाटो काटिरहेका थिए । 

यस्तै, टेकु पनि त्यस्तै जलमग्न भएको थियो । टेकुमा रोकिराखेका केही मोटरसाइकलहरू आधा डुबेको अवस्थामा देखिएका थिए भने सँगैका पसल समेत पानीले भरिएका थिए । यस्तै, अन्य ठाऊँमा पनि बाटो जलमग्न हुँदा बाटोमा आवातजावत गर्न निकै गार्हो भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com