इन्धन समस्याका कारण हेलिकप्टर खस्यो व्यस्त सडकमा

बैशाख २६,

अमेरिकाको व्यस्त सडकमा एक हेलिकप्टर दुर्घटना भएको छ । अमेरिकाको होनोलुलु सडकमा भएको उक्त दुर्घटमामा एक जना घाइते भएको बताइएको छ ।

 हेलिकप्टरमा रहेको एक जना सामान्य घाइते भएका छन् अन्य सबै यात्रु तथा चालकदलका सदस्यलाई कुनै चोट लागेको छैन् ।

फोटोग्राफीका लागि उडेको विमान इन्धनको समस्याका कारण दुर्घटनामा परेको बताइएको छ । बुधबार दिउँसो व्यस्त सडकमा दुर्घटना भएपनि त्यसले कसैलाई क्षति नपुर्याएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

उक्त हेलिकप्टर अग्नी नियन्त्रण कार्यालय नजिकै दुर्घटना भएको र केही बेरमा नै अग्नी नियन्त्रकहरु त्यहाँ पुगेको र अली अलि लागेको आगो निभाएको बताइएको छ ।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com