परदेशी यो छोरा सम्झी,रून्छिन होला मेरी आमा॥
आँशुलेनै आफ्नो मुहार,धुन्छिन होला मेरी आमा॥
माता तिर्थ औँशी पारी,आउछकी त छोरो भनी ,
मन भरी अनेक कुरा,गुन्छीन होला मेरी आमा ॥
छैनन् कोही भेट्न जाने,त्यो ठाउँमा आजको दिन ,
तप तप आँशु झारीराकी,हुन्छिन होला मेरी आमा ॥
बुढेसकालको साहारा हौ,कता गयौ तिमी भन्दै ,
कोमल हातले मेरै तस्विर,छुन्छिन होला मेरी आमा ॥
प्रदेश बसी दुधको भारा ,चुक्ता हुन्न घर आउ,
फाटेको त्यो मनलाई ,तुन्छिन होला मेरी आमा ॥
खाको छकी भोको छ ,कसो गर्ला के गर्ला खै ,
मेरै निम्ति सपनाहरु , बुन्छिन होला मेरी आमा ॥
परदेशी यो छोरा सम्झी,रून्छिन होला मेरी आमा ॥
आँशुलेनै आफ्नो मुहार धुन्छिन होला मेरी आमा॥
आरके थापा
बोच दोलखा
हाल साऊदी अरब