उधने कार यसरि खस्यो

बैशाख ३०,

क्यानडाको प्राथमिक विद्यालय अगाडि निकै ठुलो आवाजका साथ केही खस्यो । सबै मानिस त्यतै तिर लागे, के भयो, के खस्यो भन्ने कौतुहलता सबैमा थियो । मानिसहरू उक्त स्थानमा पुग्दा एउटा ठुलो कपडाले केही छोपिएको अवस्थामा देखीयो ।

ओहो के रहेछ, भन्दै सकेसम्म नजिक जाने प्रयासमा थिए मानिसहरू । तर, त्यहाँ प्रहरी नआइकन जाने हिम्मत कसैले गरेन । के रहेछ भन्ने कौतुहल बाँकी नै रह्यो । केहीबेरपछी प्रहरी आयो र उक्त कपडा हटाएपछी बल्ल थाहा भयो की त्यो त हावामा उड्ने कार रहेछ ।

उक्त कारमा दुई जना मानिस रहेको पनि जनाइएको छ । उनीहरू उक्त दुर्घटनाबाट सामान्य घाइते भएका छन् । उनीहरुका अनुसार उक्त कारलाई घूमाएर जमिनमा झार्न खोज्ने क्रममा ब्यालेन्स नमिल्दा भूईमा खसेको थियो ।एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com