गीत, मेरी आमा : BY, दाजु गुरुङ ,



आज भोली मेरी आमा वस्छिन् धेरै माथि
जता ततै झलमल दीपहरुको ताती ।
वादलको विमानमा संसार घुम्ने गर्छिन
ममता र सद्भावको सत– वीज छर्छिन ।
वात्सल्यको भेल चल्दा शीत वनी रुन्छिन् ।।

घाम सँगै झुल्की दिन्छिन् जुन सँग हाँस्छिन्
धरती र आकाशको अमर गीत गाउछिन्
ममताको मिठो धुंन गुञ्जिरहेछ आज
अनाथ भए धरतीमा छैन तिम्रो साथ ।
दैव फेरी नआईदिओस मुटु चुड्ने साँझ ।।

तारा पुञ्ज आँगनको आकाश –गंगा डुल्छिन्
फूल सरी मुस्कुराउदै आर्शिवाद वाँड्र्छिन् ।
तिम्रो आशीस शिर माथि वर– पिपलको छाँया
सारा संसार अटाई दिने धन्य तिम्रो माया
जन्म जन्म भन्न पाँऊ तिमी मेरी आमा ।।

आज भोली मेरी आमा वस्छिन् धेरै माथि ।
जता ततै झलमल दीपहरुको ताती ।।

 दाजु गुरुङ , हङकङ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com