बैशाख ३०,
मानसिक असन्तुलित महिलाको ९ महिनाको गर्भ:
बलात्कारपीडित एक गर्भवती प्रसूतीका लागि कोसी अञ्चल अस्पतालमा आइतबार भर्ना भएकी छिन् । मानसिक सन्तुलन गुमाएकी अन्दाजी ४५ वर्षीया अविवाहित ती महिलालाई केही समयअघि मोरङको आमतोलाका स्थानीय मानिसको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको थियो ।
प्रहरीले ती महिलालाई आवश्यक हेरचाह र उपचारका लागि सुनसरीस्थित महिला तथा बालबालिका कार्यालयमा बुझाएको थियो । कार्यालयले प्रसूती व्यथा लागेका कारण कोसी अञ्चल अस्पताल ल्याएको हो । निजको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र नौ महिनाको गर्भ रहेको अस्पतालले जनाएको छ ।