सल्यान बैशाख २१,
नेपाल पत्रकार महासंघ सल्यानका निर्वतमान अध्यक्ष उत्तम हमालले आत्महत्या गरेका छन्। हिजो साझ विष सेवन गरेका हमाललाई उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा वाटोमा मुत्यू भएको हो । दाङ्ग तुलसीपुर कामको अवस्थामा गएका हमालले वेलुका ६ वजे विष सेवन गरेका थिए ।
सल्यान खलंगा ५ निवासी ४१ वर्षका हमालले लामो समय रेडियो नेपालको सल्यान संवाददाता भएर काम गरेका तिए । हाल ईमेज टेलिभिजनका
सल्यान संवाददाताको रुपमा उनि कार्यरत थियो ।
यसैविच नेपाल पत्रकार महासंघ अहिले विहान श्रद्धाञ्जलीका हमालको सव पत्रकार महासंघ सल्यानमा राखिने वताएको छ। आजै विहान ९ वजे आजै शारदा घाटमा उनको अन्तीम दाहसंस्कार गरिने वताईएको छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै