सदरुल मियाँ हत्याको माग गर्दै आज विराटनगर बन्द

विराटनगर - पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको कारबाही तथा खोजीको माग गर्दै आज विराटनगर बन्द गराइएको छ।

सभासद् मियाँको हत्या भएको तीन दिन बितिसके पनि हत्यारा पत्ता नलागेको र प्रहरी प्रशासन मौन रहेको आक्रोशमा विराटनगर बन्द गराइएको राष्ट्रिय मुस्लिम सङ्घर्ष समिति मोरङले जनाएको छ।

उक्त सङ्घर्ष समितिको आह्वानमा विराटनगर बजार, कलकारखाना, शिक्षण संस्था, यातायात बन्द गरिएको छ। बन्दका कारण जनजीवन प्रभावित भएको छ।रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com