इलाम जेठ ९,
निर्धारित समयमै कार्यालय प्रमुखहरू सार्वजनिक महत्व र अनिवार्य उपस्थित हुनुपर्ने बैठकमा उपस्थिति नहुँदा निर्णय प्रक्रियामा समस्या उत्पन्न भएकाले समयमै उपस्थित नहुने कार्यालय प्रमुखलाई जरिवाना गरिने भएको छ।
सार्वजनिक महत्वका बैठकमा कार्यालय प्रमुख नआउँदा निर्णय गर्न विविध कठिनाइ उत्पन्न भएको भन्दै अनिवार्य उपस्थितिका लागि जिल्लामै पहिलोपटक जरिवानाको व्यवस्था गरिएको हो। प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बैठकमा उपस्थित नहुने कार्यालय प्रमुखलाई रु ५०० र ढिलो गरी आउनेलाई रु २०० जरिवाना तोकेको बताए ।
गणतन्त्र दिवस अर्थात् जेठ १५ गतेदेखि लागू गर्ने गरी जरिवानाको व्यवस्था गरिएको हो। 'केही राम्रो काम गरौँ र समयको पनि महत्व बुझौँ भन्ने उद्देश्यले जरिवानाको व्यवस्था गरेका हौँ' उनले भने । कार्यालय प्रमुख उपस्थिति नभए निमित्त प्रमुख र कार्यालयका कर्मचारीको अनिवार्य उपस्थित हुनुपर्नेछ।
यसको सिको गर्न सबै कार्यालय प्रमुखलाई उनले निर्देशन दिए। जरिवानावापत सङ्कलित रकम कोष खडा गरिने र कोषको रकम सामाजिक काममा खर्चिने प्रजिअ खतिवडाले बताए ।रासस :