गज़ल : By, साबित्रा लुइँटेल घिमिरे



आँखा भरि आई दिन्छन् पुराना ति यादहरु
एक-एक गरी बल्झिदिन्छन् पुराना ति यादहरु |

जसो तसो निल्दै थिएँ निस्तो भात आँशु संग
घांटीमा आई अड्किदिन्छन् पुराना ति यादहरु |

उखेलेर फाल्न खोजें त्यो स्वार्थीको प्रति बिम्ब
झन आँखैमा झल्किदिन्छन् पुराना ति यादहरु |

थमाएर राखें संधै लुकाएरै राख्छु अझै
थाहै नपाई बर्सीदिन्छन् पुराना ति यादहरु |

न निदाउन सकें यहाँ कोल्टे फेर्दै उज्यालो भो
यी आँखाले पर्खिदिन्छन् पुराना ति यादहरु |

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com