चितवन जेठ ३,
पुर्वि चितवनको रनपा १३ जयमगलामा अवस्थीत गामवेसीको सरक्षण के
न्द्धमा आज दाहाखानी कि विपन्न चेपाङ परीवारकी वोल्न नसक्ने
वालीका थपिएकी छिन ।
दाहाखानी गाविस ७ खेतवारी पिपलटार गाउकी मानवहादुर
र लालमाया चेपाङकी १० वर्षिय छोरी शुकमाया चेपाङलाइ उनका
शिक्षकहरु प्रेमवहादुर वराल, र चिरनदास श्रेष्ठले केन्द्धको सम्पर्कमा
ल्याएका हुन ।
पढाइमा तेजिलो भएपनि साकेतिक भाषाको कक्षा
नहुनाले र उनको पारीवारीक अवस्था दयनिय भएका कारण घर
वाट अन्यत्र लगेर पढाउने स्थीति नभएको शिक्षक श्रेष्ठले जानकार
ी दिनुभयो । ति वालीका लाइ छिटै साकेतिक भाषाको पढाइ हुने
विद्यालयमा सम्पर्क गराएर उनको पठन पाठनमा सहजता ल्याइने के
न्द्धका अध्यक्ष केपि किरण शर्माले वताउनुभयो ।
केन्द्धमा आप्mनो
क्षमता भन्दा वढि चेपाङ वालवालिकाहरु रहेकाले खाद्यान्न लगाएतको
व्यवस्थापनमा समस्या हुदा हुदै पनि सुकमायाको दयनिय अवस्था देखेर
आफुले उद्यार गरेको अध्यक्ष शर्माले वताउनुभयो । केन्द्धमा हाल
शिद्धि, काउले, कोराक, लोथर, शक्तिखोर , दाहाखानि र मकवानपुरको
काकडा गाविसका ४७ जना अनाथ , अपाङ र आर्थिक अवस्था कमजोर रहेका
चेपाङवालवालिका आवशिय सुविधा सहित अध्ययन गरीरहेका छन ।