गज़ल : By, साबित्रा लुइँटेल घिमिरे



जब दमन हुन्छ अत्याचार हुन्छ
तब कलम पनि हतियार हुन्छ |

सहन्छन् सक्दो किन की धर्ति हुन् ति
नटेक छातीमा घातक् तरबार हुन्छ |

बुद्धिजिबी दिमाग चलाउछन् संधै
भट्टीमा झुल्ने खालि मारामार हुन्छ |

सच्चा मित्र अनि भावानाको नाता राम्रो
आफ्ना त भै परि आएमा फरार हुन्छ |

साथमा उठ्ने बस्ने ताल परे मुटु छेड्ने
मान्छे भन्दा आज पशु नै मिलनसार हुन्छ |

साबित्रा लुइँटेल घिमिरे
बिर्तामोड झापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com