आफ्नै बिद्यार्थी संग बालविवाह गर्ने शिक्षक पक्राउ

 म्याग्दी जेठ ९,

आफैले पढाउने विद्यालयकी बालिकालाई भगाएर विबाह गर्ने म्याग्दीका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत ठानामौला स्थायी घर भएका २० बर्षिय गोविन्द सुवेदीलाई १४ बर्षिया बालिकासँग बालविवाह गरेको अभियोगमा प्रहरीले बुधबार कुश्माको शिवालय चोकबाट नियन्त्रणमा लिएको हो ।

म्याग्दीको मुना गाविसमा रहेको धौलागिरी निमाविमा विज्ञान विषय अध्यापन गराउँदै आएका सुवेदीले सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत किशोरीलाई जेठ ४ गते भगाएका थिए । केटीका दाजुले दिएको लिखित उजुरीको आधारमा दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीले बताए ।

बालबिवाह गरेको उजुरी परेकाले सुवेदीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र आवश्यक अनुसन्धान पश्चात कानुनी प्रक्रिया अघि बढाइने प्रनाउ मरासीनीले बताए । प्रहरी नायव उपरिक्षक मरासीनीका अनुसार सुवेदीले आफूहरुबीच प्रेम सम्बन्ध रहेकोले बिवाह गर्न केटीलाई भगाएको प्रारम्भिक बयान दिएका छन् ।

सुवेदी दुई वर्षदेखि विद्यालयमा अस्थाई शिक्षकको रुपमा कार्यरत थिए । सुवेदीले प्रेमको बाहनामा ललाई फकाई अनुचित लाभ लिएको र बालबिवाह गरेको केटीका परिवारले आरोप लगाएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com