भारत तमिल नाडुस्थित ८० वर्षीय बृद्धाको बलात्कार

वैशाख २८ ,

भारतको तमिल नाडुस्थित सलेममा एक ८० वर्षीय बृद्धा महिलाको बलात्कार भएको छ । ४१ वर्षीय पालानिभेलले ८० वर्षीय बृद्धाको बलात्कार गरेका हुन् । बलात्कारपछी घाइते भएकी बृद्धालाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

बलात्कार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई स्थानीयबासीले पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएका थिए । बलात्कृत ती बृद्धा एक्लै बस्दै आएकी थिइन् । एक्लै बस्दै आएकी ती बृद्धाको घरमा छिरेर पालानिभेलले बलात्कार गरेका थिए ।

बलात्कार पछि घाइते अवस्थामा रहेकी उनलाई गाउँले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका थिए । चिकित्सकहरूका अनुसार ती बृद्धाको अवस्था गम्भीर रहेको छ ।एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com