काठमाडौ, जेष्ठ ३ ,
विभिन्न देशमा हनिमुन मनाउने होटलहरू खुलेको त सबैले सुन्दै आएको कुरा हो, तर नेदरल्यान्डमा अनौठो होटल छ- डिभोर्स होटल डटकम जहाँ आपmनो वैवाहिक जीवनलाई अन्त्य गर्न सकिन्छ। त्यहाँ निकै सरल र किफायती तरिकाबाट सम्बन्धविच्छेद गरिने डिभोर्स होटल डटकमको दाबी छ।
होटलका निर्देशक जिम हालफेन्स भन्छन्- 'पूरा विश्व हाम्रो नयाँ पहलका सम्बन्धमा जान्न उत्सुक छ। यो सबैको पछाडि हाम्रो एउटै उद्देश्य छ, तत्काल डिभोर्स।' डिभोर्सका लागि लामो प्रवि|mयामा जाँदा मानसिकसहितका विभिन्न तनाव झेल्नुपर्ने हुन्छ, तर क्षणभरमै आपmनो पार्टनरसँग अलग हुन पाउँदा जिन्दगीको नयाँ पारी सुरु गर्न निकै सहज हुने होटलको दावी छ।
आफूसँग वकिल, रियलस्टेट एजेन्ट, सिभिल ल नोटरी, ट्याक्स वकिल, कम्पनी मूल्यांकनकर्तासहित प्रशिक्षित, योग्य एवं व्यावसायिक मानिसहरू रहेको होटलले बताएको छ। डिभोर्सका लागि दुई विकल्प दिइएको छ। पहिलो, पारम्परिक। यदि आपmनै इलाकामा डिभोर्स चाहने हो भने होटलको टोली आफैं आउनेछ।
यो होटलका २० वटा शाखा छन्, जहाँबाट १ सय २० युरो प्रतिघण्टा वा ११९९ युरो शुल्क तिरेर वकिलको सहयोग लिन सकिन्छ। दोस्रो उपाय हो, होटलमा आउने। यो होटलमा तत्काल डिभोर्स मात्र गर्न सकिँदैन, शान्तिपूर्ण वातावरण पनि पाइनेछ।(साप्ताहिक-बाट)