साकेलाको रौनकमा सबैरमाए

काठमाडौ, जेष्ठ ३ ,

शम्भुराज राइ : ढोल झ्याम्टासहित किराँती भेशभुषामा सजिएका युवा-युवतीहरू टुँडिखेलमा तालमा ताल मिलाएर 'सोइ सोइला हो हुर्ररा हा हा'... भन्दै साकेला सिलीमा उत्रिएपछि वातावरणमा रौनक छाएको थियो। 

किरात राईहरूको पहिचान जोगाउने उद्देश्यले उभौली पर्वको पूर्वसन्ध्यामा मानेभञ्ज्याङ गाविसको आयोजनामा साकेला -चण्डी) नाच कार्यक्रमको सम्पन्न गरिएको हो। साकेला सिली हेर्नकै लागि मानेभञ्ज्याङसँगै छिमेकी गाविसहरू माधवपुर, थाक्ले र टोक्सेल गाविसबाट सयौं दर्शक ओइरिएका थिए। 

साकेलाप्रति किराँतीहरूलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले उदयपुरको आँपटारका कर्णशेर राईको नेतृत्वमा २५ जनाको सिली टोली पनि ल्याइएको थियो। साकेला सिलीसँगै हिमालयन टेलिभिजनबाट प्रसारण भैरहेको 'नेपाल आइडल' का उत्कृष्ट छ जनामा पर्न सफल थाक्लेका गायक बुद्ध राईको गायनमा दर्शकहरू 'वान्स मोर' भन्न भनिरहेका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com