चितवन बैशाख २२ ,
राधेश्याम खतिवडा : राजधानी
कुखुरा पालनको लागी राजधानीको रुपमा चिनिएको चितवनमा अहिले वर्ड
फ्लुको सन्त्रास छाएको छ । अर्वौको लगानी डुव्ने खतरामा चितवनका
कुखुरा व्यवसायीहरु चिन्तीत भएकाछन् । ६० हजार मजदुरहरुमा निरासा
छाएको छ । उपभोग गर्ने उपभोक्तामा त्रास छाएको छ ।
एक महिनाको अवधीमा वर्डफ्लुका कारण चितवनमा ६० हजार भन्दा
वढि कुखुरा मारिएकाछन । ३ लाख वढि अण्डा नष्ट गरिएकाछन् । १५ टन
बढी दाना नष्ट गरिएको छ ।
पछिल्लो समय चैत महिना देखि चितवनमा
पटक पटक वर्ड फ्लु देखिए पछि व्यवसायीहरु चिन्तीत भएकाहुन । यस
अवधीमा देखिएको वर्ड फ्लुका कारण चितवनमा मात्र ६ करोड रुपैया वर
ावरको क्षती भईसकेको व्यवसायीहरुले वताएकाछन् । वर्ड फ्लुका कार
ण चितवनमा थप क्षती हुने व्यवसायीहरुले अकलन गरिरहेकाछन् ।
चैत २१ गते चितवनको शरदपुरमा रहेको प्रताप थापको खोरमा ४ हजार
कुखुरा नष्ट गरिएको थियो । वैशाख ६ गते भरतपुरमा रहेको लक्ष्मी र
ाणाको खोरमा वर्ड फ्लु भेटिए पछि कुखुरा मारिएको थियो । सो
ही दिन मंगलपुर गाविसको राजेन्द्र हमालको खोरमा पनि वर्ड फ्लु
भेटिएको थियो ।
दुवै खोरमा गरी एकै दिन ५० हजार माथी कुखुरा
नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयको तथ्याकमा रहेको छ । त्यस
पछि लगतै बर्ड फ्लु लागेको प्रमाणित भएपछि सोमबार भरतपुर नगर
पालीका वडा नम्बर ९ को चित्रराज श्रेष्ठको खोरमा रहेका २ हजार कुखुर
ा नष्ट गरिएको थियो । त्यसैगरी मंगलपुर गाउविकास समिति वडा नम्मर
५ का रामबाबु थपलियाको खोरमा रहेका ३ हजार कुखुरा नष्ट गरेको
े जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी
दिए ।
नेपालमा कुखुरा व्यवसायमा करिव ६० अरब रुपैया लागनी भएको छ ।
जसमध्ये ६० प्रतिशत लागनी चितवनमै छ ।
जिल्लामा व्रोईलर कुखुराका
फार्म एक हजार,लेयर्स कुखुराका फार्म ५ सय भन्दा वढि रहेको पो
ल्टी व्यवसायी मञ्च चितवनको तथ्याक छ । व्रोईलरका ह्याचरी ४५
वटा,लेयर्स ह्याचरी १० वटा चितवनमा रहेको छ ।
वर्ड फ्लुका कारण समस्यमा परेका कुखुरा व्यवसायीहरुलाई सरकारले
दिने गरेको राहत व्यवहारीक नभएको व्यवसायीहरुले बताएकाछन् । पो
ल्टी व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठले सरकारले उपलव्ध गर
ाउने भनिएको राहतको प्रकृया र शुल्क व्यवसायीलाई राहत भन्दा पनि
आहत हुने बताउछन् ।
नेपालमा सर्व प्रथम सन् २००९ को जनवरीमा झापामा वर्ड फ्लु दे
खा परेको थियो । त्यसको एक वर्षपछि सन् २०१० को फेब्रुअरी १
६ र अक्टोवर २८ मा चितवनमा बर्ड फ्लु देखा परेको थियो ।स्वास्थ्य
मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चारकेन्द्रले ६८ सालमा
निकालेको वर्ड फ्लु सम्बन्धि जानकारी पुस्तीकामा उल्लेख भए
अनुसार चितवनमा पहिलो पटक बर्ड फ्लु देखा पर्दा २२४ र दोस्रो
पटक देखा पर्दा ११ हजार ५०३ कुखुरा नष्ट गरिएको थियो ।
अहिले संक्रमित खोरका कुखुरा र त्यससँग सम्बन्धित उत्पादन र
सामाग्री नष्ट गर्ने र तीन किलो मिटर क्षेत्र भित्र सघन निगरानी र
ाख्ने गरिएको भरतपुरमा रहेको राष्ट्रिय पंक्षी रोग निदान तथा
प्रयोगशालका प्रमुख डा.बोधनाथ अधिकारीले जानकारी दिए ।
वर्डफ्लु सम्वेदनशिल र असामान्य रोग भएका कारण सवै पक्ष सचेत हुनु
पर्ने बताउदै डा अधिकारीले भने “कुखुरा पाल्दा पुरा गर्नु पर्ने
प्रकृया र सुरक्षामा व्यवसायी सगै उपभोग गर्ने उपभोक्ता पनि सचेत
हुनुपर्छ ।”