जेष्ठ ४,
सर्फिङ निकै रमाइलो खेल हो । रमाईलोको साथमा जोखिम पनि त्यतिकै हुन्छ । मानिसले निकै रमाईलो तथा जोखीम मोलेर खेल्ने यो खेलमा कुकुरले मजा लिन थालेपछी भने खेलको रोमाञ्चकतामा नयाँ मोड थपिएको छ ।
सर्फिङ त्यो पनि कुकुरले भन्दा सायद तपाईलाई विश्वास नहोला तर, वेस्ट हाइल्याण्ड व्हाइट टेरियर्समा कुकुरले गरेको सर्फीङले सबैलाई अचम्मित तुल्याएको छ । आइफोनबाट खिचिएको कुकुरले सर्फीङ गरिरहेको तस्वरिले अहिले इन्टरनेट निकै तातेको छ । सबै यो तस्विर हेरेर अचम्मित हुँदै जिब्रो टोक्ने गरेका छन् ।
कुकुरले गरेको सर्फीङ पनि मानिसले गर्ने भन्दा कुनै सहज देखिएको छैन् तस्विरमा हेर्दा ।
यी तस्विरहरु देख्दा लाग्छ कुकुरले धेरै कुरा सिकिसकेको छ । मानिसलाई समेत माथ त दिँदैन भन्ने भान समेत यी तस्विरहरू हेर्दा थाहा हुन्छ । एजेन्सी