न्युयोर्कमा रेल दुर्घटना ६० जना घाइते

जेष्ठ ४,

अमेरिकाको न्युयोर्कमा भएको रेल दुर्घटनामा कम्तिमा ६० जना घाइते भएका छन् । दुई रेल एक आपसमा जुध्दा भएको दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको अवस्था निकै गम्भिर रहेको बताइएको छ । शुक्रबार ब्रिजपोर्ट नजिकै भएको उक्त दुर्घटनामा कसैको ज्यान भने नगएको बताइएको छ ।

रेल जुधेपछी ट्विटरमार्फत जानकारी दिएर न्युयोर्क र बोस्टनबीचको रेल सेवा बन्द गर्न आग्रह गरिएको छ । रेल दुर्घटना पछि उक्त क्षेत्रमा चल्ने सम्पूर्ण रेल सेवा बन्द गरिएको छ । उक्त दुर्घटनाका कारण रेलको लिक र डिब्बाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

अधिकारीहरुका अनुसार उक्त ठाऊँमा रेल सेवा सहज रूपमा सुचारू गर्न सोमबार सम्म लाग्ने बताइएको छ । उक्त दुर्घटना त्यसक्षेत्रमा भइरहेको मर्मत कार्यका कारण भएको समेत अधिकारीहरुको भनाइ छ।एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com