खैरहनी, जेठ ०४,
सामुदायिक वन संरक्षणमा सक्रिय सहभागीता देखाएको भन्दै एक
सामुदायिक वनले वृद्धवृद्धाहरुलाई वृद्ध भत्ता वितरण गरेको छ । पुर्वी चितवनको
विरेन्द्रनगरमा रहेको अमृतधारा सामुदायिक वन उपभोक्ता समुहले सामाजिक
सुरक्षा कार्यक्रम अन्र्तगत ९१ जना वृद्धवृद्धालाई वृद्ध भत्ता वितरण गरेको हो ।
सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगतनै ३ जना पुर्ण असत्त,२ जना द्धन्द्धपिडित र ९१
जना वृद्धवृद्धालाई जनही मासिक ५० रुपैयाका दरले एकमुष्ठ ६ सय रुपैया एक
कार्यक्रमकाबीच वनले चैनपुरको राष्ट्रिय प्राथमिक विद्यालय टुङ्गरामा सहायक वन
अधिकृत भरतप्रसाद पनुहरले वितरण गरेका थिए ।
चितवनमानै पहिलो पटक २०६५
साल चैत मसान्त देखी सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत सामुदायिक वनले भत्ता
वाड्ने अभियान थालेको वनका कार्यालय सचिव लेखप्रसाद खरेलले जानकारी दिए ।
सवै उपभोक्तलाई वन संरक्षण तर्फ अग्रसर गराउदै वृद्धवृद्धाले वन संरक्षणमा
पुर्याएको अतुलनिय योगदानको कदर गर्दै अभियान थालिएको वनका अध्यक्ष
शेरवहादुर सापकोटाले वताए ।
२०५३ सालमा चैनपुर–४,विरेन्द्रनगर–९ र
खैरहनी–४ का ५ सय घरधुरीका उपभोक्ता मिली वन समुह गठन गरेका थिए । २०५५
साल असार २१ गते देखि वन उपभोक्तालाई हस्तान्तरण भएदेखि वन संरक्षण गरी
वनबाट संकलित वन पैदावार विक्रीवितरणबाट आएको रकमबाट वनले
खानेपानी,विद्यालय निर्माण, बाटोघाटो निर्माण,आयआर्जन लगायतका काममा
सहयोग गर्दै आईरहेको पुर्व अध्यक्ष प्रेमवहादुर रिमालले वताए । एक हजार ८८
हेक्टर क्षेत्रफल रहेको वनमा अहिले ८ सय ६९ जना उपभोक्ताहरु रहेका छन् ।