पूर्वका नौ जिल्ला आज पनि वन्द

 इलाम वैशाख २२,

लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परिषद्ले अनिश्चिकालीन अरुण पूर्वका नौ जिल्ला वन्द आज पनि जारी राखेको छ । हिजोदखीको वन्दले इलाम,पाँचथर झापा,धनकुटा,ताप्लेजुङ्ग लगायतका जिल्लामा जनजीवन असहज हुनुका साथै कष्टकर बन्दै गएको छ ।

हिजोवाट वन्द रहेका वजार, पसल, आज पनि वन्द छन्,भने मेची र कोशी अञ्चलमा गुड्ने लामो तथा छोटो दुरीका सवारी साधन वीचवाटोमै रोकिएका छन् । मेची राजमार्ग आज पनि सुनसान छ ।बन्दमा दुध र चियाका गाडि तथा एम्वुलेन्स चाहि चल्न दिने बताइएको छ । यस्तै इलाममा चाहि मोटरसाइकल पनि चल्न दिने वताइएको छ ।

बन्दका कारण विहानै कलेज पुगेका विद्यार्थीहरु पढाइ नभएपछि घर फर्किन थालेका छन् १२ कक्षाको परिक्षा दिन टाढावाट आउने विद्यार्थीहरुलाई समस्या भएको छ। बन्दलाई सफल पार्न राजमार्ग र चोक–चोकमा वन्दकर्ताहरु विहानैवाट भेला भएका छन् । आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा परिषद्ले वन्दको आह्वान गरेको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com