नेपाली समाज युएईको अध्यक्षमा ज्ञानेन्द्रबहादुर कार्की

 दुबई, युएई  बैशाख २१,


लालबहादुर ढेंगा : सन् १९९० मा स्थापना भई दुई दशक पार गरेको ने पाली समाज युएईले गत ३ मे शुक्रबारका दिन दुबईको एभरे ष्ट होटलमा ऐतिहासिक निर्वाचन सम्पन्न गरेको छ । नेपाली समाज निर्वाचन समितिले गरेको निर्वाचनमा अध्यक्षको पदमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएको छ । पूरानो कार्यसमितिको २ बर्षे कार्यकाल पूरा भई आगामी २ बर्षे कार्यकाल २०१३ देखि २०१५ सम्मको लागि निर्वाचन गरेको हो । 

दुई चरणमा बिभाजित गरिएको निर्वाचन भेलामा पहिलो चरण औ पचारिक भेलाको अध्यक्षता नेपाली समाज तदर्थ समितिका अध्यक्ष राजु गुरुङले गर्नु भएको थियो भने संचालन भरत राना मगर ले गर्नुभएको थियो । त्यस्तैगरी दोस्रो चरणको अध्यक्षता ने पाली समाज निर्वाचन समितिका संयोजक गोपाल कंडेलले गर्नु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य र पत्रकारहरु अतिथि रहेको निर्वाचन भेलालाई उत्तम अधिकारीले संचालन गरेका थिए । 

अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, कोषाध्यक्ष १ जना र महासचिव १ जना गरि जम्मा ६ पदको लागि ७ जना उम्मेदवारहरुले नाम दर्ता गरेता पनि अध्यक्ष पदको लागि ज्ञानेन्द्रबहादुर कार्की र विदुर रावत दई जनामध्य विदुर रावतले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो । ६ जना उम्मेदवारहरुमध्य कुनै प्रतिस्पर्धा नभएको कारण सबै पद निर्बिरोध निर्वाचित भएका छन् । जसमा क्रमशः अध्यक्षमा ज्ञानेन्द्र बहादुर कार्की, उपाध्यक्षमा चन्द्रबिक्रम सारु, भिम अधिकारी र भे षराज ढकाल, कोषाध्यक्षमा गणेश न्यौपाने र महासचिवमा उमाकान्त पाण्डे (गाउंले) निर्वाचित भएका छन् । युएईस्थित संचालनमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुले विगतमा भन्दा यसपालि धेरै कम्ति नेपाली समाजमा प्रतिनिधित्व गर ेको थियो । 

जम्मा ८ वटा संघ संस्थाहरुले मात्र पार्षद पठाएको थियो भने ६२ जना आजीवन सदस्यहरु रहेका छन् । लगभग ८५ वटा नेपाली संघ संस्थाहरु क्रियाशील रहेको अवस्थामा जम्मा ८ संघ संस्थाहरुले मात्र नेतृत्व गर्नु भनेको एउटा दुःखदको बिषय हो । नयां कार्यसमितिका लागि ६ जना निर्वाचित भएका उम्मेदवारहरुमध्य अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की विश्व महासंगठनबाट प्रतिनिधित्व गरि आउनु भएको थियो भने अन्य ५ जनामा उपाध्यक्ष चन्द्र बिक्रम सारु मगर अर्घाखांची सम्पर्क समिति युएई, उपाध्यक्ष भेषराज ढकाल सर्वदा वाङ्मय प्रतिष्ठान युएई, उपाध्यक्ष भिम अधिकारी ढादिङ वेल्फेयर युएई, कोषाध्यक्ष गणेश न्यौ पाने चितवन सेवा समाज युएई र महासचिव उमाकान्त पाण्डे (गाउंले) अर्घाखांची सम्पर्क समिति युएईबाट प्रतिनिधित्व गरेर आएका छन् । 

अन्त्यमा वरिष्ठ समाजसेवी चन्द्रप्रसाद सापकोटा, पूर्वअध्यक्ष कृष्ण ढकाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित सबै पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । राजु गुरुङले सम्पूर्ण संघ संस्थाहरु र उपस्थित सबैलाई धन्यबाद दिएका थिए । त्यस्तैगरी गोपाल कंडेलले निर्वाचनको लागि सहयोग पु¥याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिदै नेपाली समाज निर्वाचन समिति विगठन भएको घोषणा समेत गरेका थिए ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com