काठमाडौं
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा गणेशमान गुरुङले क्रोधरहित संसारद्वारा प्रकाशित अन्तर्राष्ट्रिय क्षेत्रको जानकारीमूलक पुस्तकको (जर्नल)आज यहाँ विमोचन गर्दै सभ्य समाज निर्र्माणका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य रहेको बताएका छन्।
उनले देशमा राजनीतिक अस्थिरता, भष्टाचार, अराजकता बढेको अहिलेको अवस्थामा नैतिक शिक्षाको खाँचो रहेको धारणा राखे। सो पुस्तकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका लेखकद्वारा शान्ति प्राप्तिका विभिन्न आयाम, रिस मुक्त गर्ने विभिन्न उपाय, अद्वेत वेदान्त र बुद्ध दर्शन, नेपालमा समावेशी शिक्षा, २१ औँ शताब्दीमा बुद्ध दर्शनको शान्ति चक्रलगायतका विषय समावेश गरिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा पीताम्बरलाल यादव, डा मुरारीप्रसाद रेग्मी, डा लक्ष्मण शाक्य, ध्रुवराज रेग्मी, प्रा किशोरराज भण्डारी, तुलसीराम वैद्य, संस्थाका अध्यक्ष देशमर्दन बस्न्यातले लोककल्याणका लागि क्रोधरहित संसार निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि पुस्तक उपयोगी रहेको बताए।
कार्यक्रममा क्रोधरहित संसारका संरक्षक डा डिन भान लेउभेनले पठाउनुभएको सन्देश पढेर सुनाइएको थियो। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै