सात कक्षामा अध्यनरत बिध्यर्थिलाई नाम लेख्न आउदैन

 मुगु बैशाख २१,

सुमन मल्ल : करान भेकका अधिकांश विद्यालयमा ६, ७ कक्षामा पढने विद्यार्थीलाई नाम लेख्न नै धौ-धौ पर्ने गरेको छ । सदरमुकाम देखि एक दिन टाढा पर्ने पुलु गाविसमा रहेको निमावि पुलुका विद्यार्थीलाई आफ्नो नाम लेख्न समेत आउँदैन ।

आफू ७ कक्षामा पढ्ने भए पनि कक्षा १ को किताब समेत पढ्न नआउने विद्यालयमा छात्रावृत्ति बाँडने क्रममा भेटिएकी कक्षा ७ मा अध्ययनरत ढावा साँग्मुलामाको भनाई थियो । आफ्ना बालबालिकाहरूलाई गुच्ची च्याऊँ, यार्चागुम्बा संकलन गर्न पठाउने, अन्य घरायसी काम काजमा लगाउने तथा विद्यालयमा नपढाउने गरेकाले विद्यार्थीले राम्रोसँग पढ्न नसकेको अभिभावक आफै स्वीकार गरिरहेका छन् ।

करान क्षेत्रका पाँच गाविसमा शिक्षा क्षेत्रमा प्रगति हुन नसकेपछि जिल्ला शिक्षा कार्यालय मुगुले निमावि पुलुलाई आवासिय विद्यालयका रुपमा सञ्चालन गर्ने लक्ष्य लिए पनि अभिभावकहरू सहमत हुन नसक्दा सफल हुन नसकेको कार्यालयले जनाएको छ ।

करान क्षेत्रका विद्यार्थीहरू अहिले विद्यालय छोडेर गुच्ची च्याउ संकलन गर्न वन तिर जाने गरेका छन् भने जेठ महिनाबाट हिमालतिर यार्चा संकलन गर्न जाने हुँदा उनीहरूको पढाई अवरोध हुने गरेको छ । अन्य समाचार खोज्नुस...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com