सामाजिक सञ्जाल बाट फेक मायामा फसाएर चोर पक्राउ

 बैशाख २१,

भारतको विभीन्न शहरहरूबाट कार चोरेर हैरान बनाउँदै आएको चोरलाई प्रहरीले अनौठो तरिकाले पक्राउ गरेको छ । भारतको विभिन्न पाँच शहरमा कार चोर्ने गरेका २४ वर्षीय भिमसिंह भातीलाई प्रहरीले सामाजिक सञ्जाल फेसबुकको सदुपयोग गर्दै पक्राउ गरेको हो । 

प्रहरीबाट लुक्दै र भाग्दै हिड्न सफल रहेका र केहि गरेर पनि पक्राउ गर्न नसकिएका ती भातीलाई जब प्रहरीले फेसबुकमा देख्यो तब प्रहरीले उसलाई समात्नका लागी जुक्ति लगाउँदै एक महिलाको नाममा फेसबुक खोल्यो । आफ्नो फेसबुकमा धेरै महिला साथीहरूलाई एड गरेका उनलाई पनि प्रहरिले केटीको नाम राखेर बनाएको फेसबुकबाट रिक्वेस्ट पठाइयो । 

महिलाप्रति सहजै आकर्षित हुने देखेपछी प्रहले उसलाइ उक्त फेसबुक मा्फत ती फेक महिलापात्र प्रति निकै आशक्त बनाएर भेट्न बोलाइयो । बज ऊ राजी भयो र भेट्ने ठाऊँ र उसको हुलिया बारे पत्ता लगाइयो प्रहरीले उक्त स्थानमा पुग्यो र भाती आएपछी उसलाई पक्राउ गरी जेल पठाइयो । यसरी सामाजिक सञ्जालको राम्रोसँग प्रयोग गरेर एउटा चोरलाई पकर्ाउ गर्न सफल भयो । एजेन्जी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com